काठमाडौँ– नेपाल र पश्चिम अफ्रिकी मुलुक लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापनासँगै विश्वका एकसय ५० राष्ट्रसँग नेपालको द्विपक्षीय सम्बन्धको दायरा विस्तार भएको छ ।


ADVERTISEMENT


संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र सोही विश्वसंस्थाका लागि लाइबेरियाका स्थायी प्रतिनिधि लिविस जी ब्राउनले दुई देशबीच दौंत्य सम्बन्ध स्थापनासम्बन्धी संयुक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


न्यूयोर्कस्थित नेपाली नियोगमा आज दुवै देशका राजदूतले उक्त समझदारीपत्रमा हस्ताक्षर गरी महासचिव एन्टोनियो गुटरेसलाई नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी दिएको नेपाली नियोगले जनाएको छ ।