काठमाडौँ – पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री बन्ने भएकी छन् । समाजवादी पार्टीका संयोजक उपेन्द्र यादवको सरकारबाट बहिगर्मसँगै रिक्त रहेको कानुनमन्त्रालयको जिम्मेवारी शिवमायाले पाएकी हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी ओलीले उनलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । उनका अनुसार शिवमायाले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिँदैछिन् । अहिले कानुनमन्त्रालयको जिम्मेवारी पूर्वकानुनमन्त्री समेत रहेका स्वास्थ्य मन्त्री भानुभक्त ढकालले हेर्दै आएका छन् ।


ADVERTISEMENT

# # #


यसअघि यौन दुर्व्यवहारको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख बन्न शिवमायाले निकै कसरत गरेकी थिइन् । तर, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सांसद अग्नि सापकोटालाई सभामुखमा निर्वाचित गरेको थियो ।