एजेन्सी –  इङ्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा आर्सनलले न्युकासल युनाइटेडलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।


ADVERTISEMENT


घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको आर्सनलले दोस्रो हाफमा चार गोल गर्यो । खेलको ५४ औं मिनेटमा पिएरे एम्रिक औबामियाङले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए ।


ADVERTISEMENT

# # #


खेलको ५७ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई २–० को अग्रता दिलाए । खेलको ९० औं मिनेटमा मोसिट ओजिलले गोल गर्दा आर्सनल ३–० ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा एलेक्सजेन्डर लाकाजेट्सले गोल गर्दै आर्सनललाई ४० को फराकिलो जित दिलाए ।

जितसँगै आर्सनलले २६ खेलबाट ३४ अंक जोडेको छ । आर्सनल लिगको दशौँ स्थानमा रहेको छ । न्युकासल ३१ अंक जोडेको १३ औं स्थानमा रहेको छ ।