काठमाडौँ — सीजी सेल टेक्नोलोजीले पूर्वी युरोपको मोल्डोभामा रहेको टेलिकम कम्पनी किन्ने भएको छ । स्विडेनी कम्पनी टेलियासोनेराको सहायक कम्पनी फिन्टुर होल्डिङले मोल्डोभामा सञ्चालन गरिरहेको ‘मोल्डसेल कम्पनी’ खरिदका लागि शुक्रबार सीजीसेलसँग सहमति भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।


ADVERTISEMENT


सीजी ग्रुप सीजी ग्लोबल कर्पको पूर्ण स्वामित्व रहेको कम्पनी हो । सीजी सेलले ३१.५ मिलियन डलर ९३ करोड १५ लाख अमेरिकी डलर– साढे तीन अर्ब रुपैयाँ मा कम्पनीको पूर्ण स्वामित्व खरिदका लागि सम्झौता भएको समाचारहरूमा जनाइएको छ ।


ADVERTISEMENT

# # #


टेलियासोनेराले विज्ञप्ति जारी गर्दै सन् २०२० को पहिलो त्रैमासिकभित्र स्वामित्व हस्तान्तरणको प्रक्रिया सकिने जनाएको छ । सम्झौताअघि सबै कानुनी प्रक्रिया पूरा गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘युरोएसियाको बजार छाडेर नोर्डिक र बाल्टिक मार्केट डेनमार्क, स्टोनिया, फिनल्यान्ड, आइसल्यान्ड, लाटभिया, लिथुनिया, नर्वे र स्विडेन जस्ता देशमा केन्द्रित हुन यो सम्झौताले सहयोग गर्छ,’ टेलियाका कार्यकारी अध्यक्ष तथा प्रमुख कार्यकारी निर्देशक क्रिस्टियन लुइगलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सन् २०१७ यता टेलियाले युरोएसियाली बजारबाट लगानी झिकिरहेको छ । मोल्डसेलले टेलियाको कुल आम्दानीमा १ प्रतिशतभन्दा कम हिस्सा ओगट्छ । मोल्डसेल मोल्डोभाको दोस्रो ठूलो टेलिकम कम्पनी हो । यसका ९ लाख ग्राहक रहेको कम्पनीको वेबसाइटमा उल्लेख छ । नेपालमा दर्ता भएको सीजी टेलिकम्युनिकेसन्सले नेपालभर सेवा विस्तारका लागि एकीकृत अनुमतिपत्र मागिरहेको छ । तर सरकारले भने सीजीले मापदण्ड पूरा नगरेको भन्दै अनुमति दिएको छैन ।

सीजी टेलिकम्युनिकेसन्सका नाममा अहिले पूर्वीका जिल्लामा सेवा विस्तारका लागि ग्रामीण दूरसञ्चार सेवा प्रदायकको लाइसेन्स छ । यही लाइसेन्सको सर्त पूरा नगरेको भन्दै सरकारले सीजीलाई लाइसेन्स दिन अस्वीकार गर्दै आएको छ । तर सीजीले भने आफूले सबै कानुनी प्रक्रिया पूरा गरेको दाबी गर्दै आएको छ ।
स्रोत  :  कान्तिपुर