काठमाडौँ – प्रदेश नं. १ को उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले विकास र वातावरणलाई समानान्तर रुपमा अगाडि बढाउने बताएका छन् ।


ADVERTISEMENT


प्रदेशसभाको आज बसेको बैठकमा ‘प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाफ दिदैं उनले सो कुरा बताएका हुन्।


ADVERTISEMENT

# # #


मन्त्री कुसियतले यो हावा, पानी र माटोसँग जोडिएकाले विधेयकमा सदस्यहरुले दिएको सुझावलाई ग्रहण गर्ने बताउँदै विधेयकमा छुटेका विषयलाई परिमार्जन गरेर समावेश गर्ने जानकारी दिए ।

प्रदेशको सिमसार क्षेत्रलाई संरक्षण गर्न विधेयक फलदायी हुने विश्वास व्यक्त गर्दै उनले सदस्यहरुले उठाएका कतिपय विषयलाई वन विधेयकले परिपूर्ति गर्ने र बाँकी बिषय विधेयकमा समावेश गर्ने बताए ।

‘प्रदेशस्तरमा फर्म दर्ता, नवीकरण तथा तत्सम्बन्धी अन्य व्यवस्था गर्न बनेको विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम सो विधेयक मन्त्री कुसियतले सभामा पेश गरेका थिए ।