काठमाडौं –प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दिएका नेकपाका सांसद अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई स्थगित भएको छ । आइतबार सुनुवाइ हुने भनिएको नेता सापकोटाविरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा परेको थियो।


ADVERTISEMENT


तर, सर्वोच्चको न्यायाधीश हुनुअघि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानुन व्यवसायीका हैसियतले बहस गरेकाले नैतिकताका आधारमा हेर्न नमिल्ने भएपछि रिट स्थगित भएको हो। मुद्दाको सुनुवाइ सोमबार तय भएको जनाइएको छ। सापकोटाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत शुक्रवार रिट दायर गरेका थिए।


ADVERTISEMENT

# # #


अधिवक्ता त्रिपाठीले दायर गरेको रिटमा सापकोटामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान हुनुपर्ने माग गर्दै दायर भएको निवेदन सर्वोच्चमा विचाराधिन रहेकाले सभामुख नियुक्त नर्गनु भनी अन्तरिम आदेश जारी गर्न रिटमा माग गरिएको छ । सापकोटले द्वन्द्वकालमा काभ्रे जिल्लामा अर्जुन लामाको हत्या गरेको आरोप रहेकोले उनीमाथि अनुसन्धान गर्न सभामुख पदले प्रभावित हुने भएकाले रोक्न माग गरिएको छ।

सभामुख चयनका लागि आज प्रतिनिधिसभामा निर्वाचन हुँदैछ। उनी प्रतिनिधिसभा सभामुखका एक्ला उम्मेदवार हुन्। एकल उम्मेदवार भएकाले सापकोटा सभामुखमा चयन हुने गलभग पक्का भएको छ । सभामुखको निर्वाचनका लागि प्रतिनिधिसभा बैठक दिउासो ३ बजे बस्दैछ ।