काठमाडौँ– युवा संघ नेपाल वडा नं २५ र २७ को संयुक्त आयोजनामा आगामी भदौ १० देखि १७ गतेसम्म मेयर कप फुटसल हुने भएको छ ।


ADVERTISEMENT


डल्लुस्थित नेपा फुटसल एण्ड रिक्रेसन प्रालि चःमतिमा हुने उक्त प्रतियोगितामा काठमाडौँ महानगरपालिकाका ३२ वटा वडालाई सहभागिताका लागि अनुरोध गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक सुरज केसीले बताए ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा विजेता टोलीले रु एक लाख तथा उपविजेताले रु पचास हजार पुरस्कार पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र डिफेन्डर गरी तीन विधामा उत्कृष्ट घोषित हुनेलाई जनही रु पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ ।