कञ्चनपुर —


ADVERTISEMENT


महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ताला १० महिनापछि खुलेको छ । विश्वविद्यालयको पहलपछि शनिबार ताला खोलिएको हो ।


ADVERTISEMENT

# # #


गत चैतमा विज्ञान तथा प्रविधि संकायका डिन पूर्णबहादुर चन्दलाई उपकुलपति र शिक्षा संकायका डिन गोविन्द विष्टलाई रजिस्ट्रारको जिम्मेवारी दिइएपछि नेपाल विद्यार्थी संघले विश्वविद्यालयमा तालाबन्दी गर्दै आएको थियो । विश्वविद्यालयमा सरकारले हस्तक्षेप गरेको र दोहोरो रूपमा पदाधिकारी तोकेको भन्दै तालाबन्दी गरेको थियो ।

विश्वविद्यालयमा उपकुलपति छनोटका लागि गठित कार्यदललाई काम गर्ने वातावरण मिलाउन १५ दिनका लागि ताला खोलिएको संघका नेता कैलाश चन्दले बताउनुभयो । । नयाँ उपकुलपति नियुक्त भएपछि आफ्ना मागबारे छलफल चन्दले बताउनुभयो ।