काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकमा तयार हुदैं आएको अनुकुल व्यवसायिक वातावरण निर्माण गर्ने वैंक तथा वित्तीय संस्थाहरुले निर्वाह गरेको भूमिका प्रभावकारी हुनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


मन्त्री खतिवडाले सोमबार अर्थ मन्त्रालय, नेपाल राष्ट्र वैक र बैंकर्स एशोशियसनका पदाधिकारीबीचको छलफलमा व्यवसाय मैत्री क्रियाकलापलाई सघन रुपमा अगाडि बढाउन अवलम्बन गर्नुपर्ने उपायका सम्बन्धमा बैठकका पदाधिकारीलाई निर्देशन दिएका हुन् । लगातार हासिल गरेको उच्च आर्थिक बृद्धिको सन्दर्भमा निजी क्षेत्रबाट हुने लगानीलाई प्रोत्साहित गर्न सरकारले कार्यान्वयनमा ल्याएका प्रभावकारी नीतिगत पक्षहरुको बारेमा जानकारी गराइएको विषयमा बैठकमा सहभागी पदाधिकारीले आ–आफ्नो प्रतिवद्धता समेत व्यक्त गरे ।


ADVERTISEMENT

# # #


अर्थ मन्त्री खतिवडाले बैंकलाई नाफामुखी मात्र नभई व्यवसायमैत्री बन्न सुझाव दिदैं मुलुकमा हाल सम्भावनायुक्त लगानी क्षेत्रको रुपमा विकसित भएको पूर्वाधारमा लगानी विस्तार गर्न, व्याजदर निर्धारणको सम्बोधन गर्न वंैकले लिने सेवा शुल्कको समिक्षा गर्न समेत निर्देशन दिए । उनले नेपाल राष्ट्र बैंक र बैंकस् एशोशियसनका पदाधिकारीलाई सहुलियतपूर्ण कर्जा कार्यान्वयनमा नतिजा आउने गरि काम गर्न निर्देशन दिए ।

उनले वाणिज्य बैंकहरुबाट हेजिङ सुविधा उपलब्ध गराउने वातावरण निर्माण गर्न, विदेशी विनिमयको व्यवस्थापनलाई थप प्रभावशाली बनाउन एवम् नेपाल राष्ट्र बैकको नियमनकारी भूमिकालाई प्रभावकारी र समयसापेक्ष बनाउन समेत निर्देशन दिए । खतिवडाले सबै क्षेत्र मिलेर मुलुकमा केही परिवर्तन ल्याउनेगरी काम गर्न अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकस् एशोशियसनका पदाधकारीलाई निर्देशन दिए ।

छलफलमा समग्र आर्थिक परिसूचकहरु तथा वित्तीय परिसूचकहरुको पछिल्लो अवस्था, सरकार तथा नेपाल राष्ट्र बैँकका विभिन्न नीति र निर्देशनहरुको कार्यान्वयन, सम्पत्ति शुद्धीकरण सम्बन्धी व्यवस्था कार्यान्वयन एवम् तरलता व्यवस्थापनको पछिल्लो अवस्था बारेमा छलफल भएको हो ।