काठमाडौं । अच्युत गुरागाई नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)को अध्यक्षमा निर्वाचित भएका छन् । नेतृत्वका लागि शुक्रबार भएको निर्वाचनमा अन्य दुई प्रतिष्पर्धीलाई पराजित गर्दै गुरागाई अध्यक्षमा निर्वाचित भएका हुन् ।


ADVERTISEMENT


अध्यक्षका लागि गुरागाईसंगै भिम प्रसाद पन्त र निहीका शाह चुनावी मैदानमा थिए ।


ADVERTISEMENT

# # #


यस्तै नाट्टाको वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, उपाध्यक्षमा थोपा थापा, महासचिवमा सुधिर कुमार उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा कुमार मणि थपलिया र सहकोषाध्यक्षमा फुडोमा शेर्पा निर्वाचित भएका छन् ।

निर्वाचित भएपछि हिमालय पोष्टसंगको कुराकानीमा अध्यक्ष गुरागाईले पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने टिमले जित हासिल गरेको बताएका छन् । उनले एकताबद्ध र व्यवस्थित तवरले चुनावमा गरेका प्रतिवद्धताहरु कार्यान्वयन गर्नेगरी अघि बढ्ने बताएका छन् । पर्यटन क्षेत्रको बिकासका लागि निस्वार्थ भएर अघि बढाईने अभियानमा साथ दिन उनले सबैलाई आग्रह गरेका छन् ।