वर्षामा छाला उक्किनेदेखि छालामा आउने चिल्लोपनले सबैभन्दा बढी दुःख दिन्छ । बिहानको समय वा मेकअपअघि अनिवार्य रूपमा म्याचुरिटी मोइस्चराइजर प्रयोग गर्नुपर्छ । यस्तो मौसममा हावामा पनि चिल्लोको मात्रा हुन्छ । त्यसैले आफ्नो मेकअपलाई हल्का र प्राकृतिक लुक्स दिन आवश्यक हुन्छ । यस्तो मौसममा मोइस्चराइजर र फाउन्डेसनको प्रयोगबाट जोगिनुपर्छ । त्यसको विकल्पमा म्याट फिनिसका साथै कम्प्लेक्स नहोस् भनेर इएसपिएफ क्रिमजस्ता टिन्टेड मोइस्चराइजर प्रयोग गर्न सकिन्छ । यसले छालाको चिल्लोबाट जोगिन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसैगरी स्याडो र ब्लस पनि क्रिमयुक्त नै छनोट गर्नु उपयुक्त हुन्छ ।


ADVERTISEMENT


मस्कारा नटिक्ने समस्या छ भने वाटरप्रुफ मस्कारा प्रयोग गर्न सकिन्छ । मेकअपलाई फिनिसिङ दिन मिस्ट स्प्रे प्रयोग गर्न उपयुक्त हुन्छ जसले स्किनलाई स्वस्थ राख्न मद्दत गर्छ । बाहिर निस्किरहने काम छ भने म्याट लिपिस्टिक, पाउडर तथा मेकअप किटलाई आफूसँगै राख्नुपर्छ किनभने आवश्यकता पर्नासाथ टच अप गर्न सकिन्छ ।


ADVERTISEMENT

# # #


यस्तो मौसममा वर्षाकै कारण केश झर्ने समस्या पनि हुन्छ । केश झर्नबाट जोगिन ड्राई आयल प्रयोग गर्नुपर्छ । ड्राई आयलले केशलाई पोषण प्रदान गर्नुका साथै केश झर्ने तथा भाँचिने समस्याबाट मुक्ति प्रदान गर्छ ।

वर्षाका लागि घरेलु प्याक

सुन्दरताका लागि हामी विभिन्न ब्रान्डका क्रिमहरू किन्छौं । त्यस्ता कतिपय प्रसाधनका कारण एलर्जीका साथै स्किनमा समस्या पनि आइरहेको छ । यद्यपि हाम्रो भान्सा कोठामै भएका सामग्रीहरूको उचित प्रयोगबाट पनि विनाकेमिकल सुन्दर देखिन सकिन्छ ।

ओटमिल तथा हनी प्याक 

३ चिया चम्चा ओटमिल, एउटा अण्डाको सेतो भाग, एक चिया चम्चा मह तथा एक चिया चम्चा दही मिसाएर केही समय फ्रिजमा राख्ने । अनुहारलाई सफा गरेर यो प्याक प्रयोग गरी सुकेपछि अनुहार पखाल्ने ।

मिन्ट ब्युटी 

पुदिनाको पातलाई पिसेर पेस्ट बनाउने अनि त्यसमा आधा केरा म्यास गरी मिसाउने । अनुहारमा प्रयोग गरेको १० मिनेटपछि मनतातो पानीले अनुहार पखाल्ने ।

फेसियल स्क्रब

चामलको आटा वा बदाम पिसेर पेस्ट बनाउने । त्यसमा दही मिसाउने । १५ मिनेटसम्म अनुहारमा राख्ने । यसबाट अनुहारको राम्रो क्लिज हुन्छ । यसलाई हल्का हातले स्क्रब गरी अनुहार धुनुपर्छ ।

एग फेस प्याक 

तैलीय छालामा यो प्याक अत्यन्त प्रभावकारी हुन्छ । एउटा अण्डाको सेतो भागमा एक चिया चम्चा मह मिसाइएको प्याक अनुहारमा लगाएर सुकेपछि पखाल्ने ।

लेमन ब्लिच

आधा मुलालाई म्यास गर्ने । त्यसमा कागतीको रस मिसाएर १० मिनेटजति अनुहारमा राखी सर्कुलर मोसनमा मसाज गर्ने । अन्त्यमा मनतातो पानीले अनुहार पखाल्ने । फेसियल टोनर स् गुलाबजल र काँक्राको रस मिसाएर फ्रिजमा राख्ने । त्यसमा कटन डुबाउँदै अनुहार पुछ्ने । यो राम्रो होममेड टोनर हो ।

छालाको स्याहार

क्लिन्जिङ, टोनिङ तथा मोइस्चराइजरलाई आफ्नो स्किन केयर रुटिनमा समावेश गर्नुपर्छ । स्किनलाई ड्राइनेसबाट जोगाउन अल्कोहल फ्रि टोनर प्रयोग गर्नुपर्छ । मनसुनमा पनि छालालाई सनस्क्रिन प्रोटेक्सन आवश्यक हुन्छ, त्यसैले दिनहुँ सनस्किन प्रयोग गर्नुपर्छ ।

बाहिरबाट घर आएपछि चिसो पानीको साटो मनतातो पानीले अनुहार धुनुपर्छ । सातामा दुई पटक स्क्रव गर्नुपर्छ । स्क्रवका माध्यमले मृत छालाबाट छुटकारा प्राप्त हुन्छ । आफ्नो पर्समा टिस्यु पेपर राख्नुपर्छ । बाहिर जाँदा वर्षाले अनुहार भिजे टिस्यु पेपरले अनुहार पुछ्नुपर्छ । यसले इन्फेक्सनको खतरा कम गर्छ । मनसुनमा हेभी मेकअपबाट जोगिनुपर्छ भने वाटरप्रुफ मेकअप नै प्रयोग गर्नुपर्छ ।