प्रसिद्ध पर्यटकीयस्थल अन्नपूर्ण आधारशिविर हिंडेका चार कोरियन र एक चिनियाँ पर्यटक सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ । गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद शर्मा घिमिरेले नेट नेपाल नामक ट्रेकिङ एजेन्सीमार्फत एविसी जाने क्रममा ९ कोरियनमध्ये ४ जना सम्पर्कमा नरहेको जानकारी आएको बताउनुभयो ।


ADVERTISEMENT


यस्तै नेपाली भरियासहित गएका एक चिनियाँ पर्यटक पनि सम्पर्कमा नरहेको घिमिरेको भनाई छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिमालय र देउराली भन्ने स्थानको बिचमा हिमपहिरो खसेपछि उनीहरु सम्पर्कविहिन भएको प्रहरीले जनाएको छ । अत्याधिक हिमपातले ओहोरदोहोर गर्ने अवस्था नरहेको भन्दै खोजीमा पनि समस्या भइरहेको डिआइजी घिमिरेले बताउनुभयो ।


ADVERTISEMENT

# # #