काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नगद लाभांश शेयरधनी बैंक खातामा जम्मा गरेको छ । बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएको शेयरधनीहरुको बैंक खातामा २९ पौष गतेदेखि नगद लाभांश जम्मा गर्न थालेको हो ।


ADVERTISEMENT


बैंकले पुस २९ गते सम्पन्न १५ औँ वार्षिक साधारण सभाले पारित गरेको ८.९५९३ प्रतिशत नगद लाभांश कर सहित शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले २०७६ पुस १५ गतेदेखि पुष २९ गतेसम्म बुक क्लोज गरेको थियो ।


ADVERTISEMENT

# # #


त्यस अनुसार २०७६ पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुलाई लाभांश वितरण गरिएको बैँकले जनाएको छ । हालसम्म लाभांश प्राप्त नगर्नु हुने शेयरधनीलाई आफ्नो शेयर अभौतिकिकरण गराउन तथा आफ्नो हितग्राही खातामा बैंक खाता नं. अध्यावधिक गराउनु हुन समेत जानकारी गराएको छ । बैंकको शेयर रजिष्ट्रार एन आई बिल क्यापिटल लिमिटेड रहेको छ ।