काठमाडौँ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले सरकार नागरिकको वाक स्वतन्त्रता कुण्ठित गर्न लागिपरेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


प्रस्तावित सूचना प्रविधि विधेयकको विरोधमा नेपाल विद्यार्थी संघले माइतीघर मण्डलामा आयोजना गरेको विरोधसभामा नेता थापाले सरकार नागरिकको मुख थुन्न लागेको बताए ।


ADVERTISEMENT

# # #


सूचना प्रविधि विधेयक अहिलेको अवस्थामा पारित भए सरकारका अरिङ्गाल बाहेक कोही बाँकी नरहने थापाको जिकिर छ । यस्तै थापाले सूचना प्रविधि विधेयकमाथि आफू सडकदेखि सदनसम्म छलफल गर्न तयार रहेको पनि बताए । उनले छलफलका लागि कहाँ आउने भनेर सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटालाई प्रश्न पनि गरे।

‘विधेयकमा कहाँ छलफल गर्ने मन्त्रीजी ? सिंहदरबारमा गर्ने, संसदमा कि माइतीघरमा गर्ने ?,’ विधेयकको विरोधमा नेविसंघले बिहीबार माइतीघर मण्डलमा आयोजना गरेको कार्यक्रममा थापाले भने, ‘यो विधेयकको धारा–धारामा, दफा(दफामा छलफल गर्न तयार छु।’ मन्त्री बाँस्कोटाले विधेयक नपढी बोलेको प्रतिक्रिया दिएको उल्लेख गर्दै थापाले थपे, ‘माननीय मन्त्रीजीले भन्नुभएछ यो विधेयक नपढी आयो। प्रत्येक दफा, शब्दशब्दमा छलफल गर्ने होरु तयार छु। नपढी आयो भनेर हेप्नी हामीलाई ?’

थापाले संसदमा संख्यात्मक हिसाबले कम भएकाले सडकमा साथ दिन अपिल गरे ।

यता काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि नागरिकको अधिकार रक्षाका लागि संसदमा सडकको साथ आवश्यक रहेको बताए ।

उनले विधेयकका विरुद्धमा बोल्न संसदमा गगनहरु भएको तर त्यसका लागि सडकको तागत आवश्यक रहेको बताए । पौडेलले नागरिकको मुख थुन्ने शासकको मुख सदाका लागि थुनिदिने चेतावनी समेत दिए ।

यस्तै काँग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशीले नागरिकको अधिकार खोस्न खोज्नेहरु इतिहास बन्ने बताए । नेविसंघ नेता सुशील भट्टको संयोजनमा भएको विरोध सभामा उल्लेख्य संख्यामा नेविसंघका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।