राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख सूचना आयुक्त र सूचना आयुक्तले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रमुख आयुक्त महेन्द्रमान गुरुङले शपथ लिएका थिए । यस्तै आयुक्तद्वय कमला वली र दीपक मैनालीले प्रमुख आयुक्त गुरुङबाट शपथ लिए ।


ADVERTISEMENT

# # #


आजै उनीहरुले आफ्नो कार्यभार सम्हालेको आयोगका सूचना अधिकारी बाबुराजा श्रेष्ठले जानकारी दिए। उनीहरुको पदावधि पाँच वर्षको हुन्छ ।

कार्यक्रममा उपसभामुख डा शिवमाया तुम्बाहाङ्फे, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदी, सूचना आयोगका सचिव मणिराम ओझालगायत उपस्थिति रहेको थियो। यस अघिका प्रमुख सुचना आयुक्त कृष्णहरि बाँस्कोटा तथा सूचना आयुक्तद्वय किरण पोखरेल र यशोदा तिमिल्सिनाको पदावधि हिजो बुधबार सकिएको हो ।