नवलपरासी – सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पश्चिम नवलपरासीस्थित भूमिसुधार तथा मालपोत कार्यालयका खरिदार नेत्रबहादुर चौधरीलाई आज नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


मोही जग्गा बाँडफाँडमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट रु ४० हजार घुस लिएको आरोपमा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।


ADVERTISEMENT

# # #


सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा अख्तियारको टोलीले आज दिउँसो कार्यालय परिसरबाटै भूमिसुधार शाखाका खरिदार चौधरीलाई रङ्गेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले राससलाई जानकारी दिए ।