नगरकोट– वाणिज्यमन्त्री तथा नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले संविधान संशोधनका विषयमा नेपाली काँग्रेसले पारित गराउने उद्देश्यका साथ विपक्षी दलसँग तीव्र रुपमा छलफल गरिरहेको बताएका छन् ।


ADVERTISEMENT


रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उनले संविधान संशोधनलाई पारित गराउन संशोधनको पक्षमा दुई तिहाई पुर्याउने वातावरण बनाउन राजपा लाग्नुपर्ने र निर्वाचनमा भाग लिनुपर्नेमा जोड दिए । उनले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा व्यापार घाटाका बारे पनि छलफल हुने जानकारी दिए।


ADVERTISEMENT

# # #