प्रत्येक मानिसले सफलताका लागि नै कुनै न कुनै काम सुरु गरेको हुन्छ । तर, सबै मानिस सफल हुन सक्दैनन् । सबैले सफलताको चुचुरोको अनुभव गर्न सक्दैनन् ।
जीवनमा सफल हुनुछ भने चाणक्यका यी नीतिहरु पालना गर्ने प्रयास गर्नुहोस् ।
१. असल काम गर्नुहोस्
व्यक्ति आफ्नो कर्मले महान बन्छ । जन्मले कोही पनि महान बन्न सक्दैन । व्यक्तिले जहिले पनि असल काम गर्नुपर्छ ।
२. अरुको गल्तीबाट सिक्नुहोस्
मानिसले आफ्नो गल्तीबाट होइन, अरुको गल्तीबाट पाठ सिक्नुपर्छ । यदि तपाईं आफ्नै गल्तीबाट सिक्ने प्रयास गर्नुभयो भने तपाईंको आयु (कार्य समय) घट्नेछ । गल्तीबाट सिकेका पाठ कार्यान्वयन गर्नका लागि तपाईंसँग त्यही समय हुने छैन ।
३ आफ्नो स्थिति बदल्ने प्रयास गर्नुहोस्
मानिसले आफ्नो स्थिति बदल्ने प्रयास गर्नुपर्छ । यही बानीले मान्छेलाई अन्यभन्दा फरक बनाउँछ ।
४. निरन्तर शिक्षा लिनुहोस्
चाणक्यका अनुसार मानिसले हरेक क्षणमा केही न केही शिक्षा लिइराख्नुपर्छ । किनकी शिक्षित व्यक्ति आफ्नो कर्मलाई सहज बनाएर सफल मात्रै हुँदैनन्, उनीहरुलाई समाजमा सम्मान पनि उत्तिकै मिल्छ ।
५. डरलाई आफूबाट टाढा राख्नुहोस्
चाणक्यका अनुसार मानिसले भय, त्रास र डरलाई आफ्नो नजिक आउन दिनुहुँदैन । जुन कुराले तपाईलाई भयतित गर्छ, डराउँछ, त्यसको डटेर सामना गर्नुहोस् ।
६. काम गर्नुपूर्व पहिले सोच्नुहोस्
कुनैपनि काम गर्नु पहिले दिमाग र हृदयबाट एक पटक सोच्नुहोस् । त्यस कार्यले कस्तो परिणाम ल्याउँछ, विचार गर्नुहोस् । तपाईंको हित हुन्छ भने मात्रै त्यो काम गर्नुहोस् ।
७. बितेका कुराबारे धेरै नसोच्नुहोस्
बितेका कुराले मानिसलाई पाठ सिकाउँछ । तर, चाणक्य बितेका कुरालाई धेरै दिमागमा नराख्न भन्छन् । चाणक्य नीति अनुसार बितेका कुराबाट पाठ सिक्दै निरन्तर अघि बढ्नु पर्छ ।