काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । तराई मधेसका अधिकांश जिल्ला बाढीको डुवानमा परेपछि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।


ADVERTISEMENT


साँझ ५ बजे बालुवाटारमा बस्ने बैठकमा उद्दार तथा राहतबारे छलफल हुनेछ । साथै बाढी प्रभावित क्षेत्रमा संकटकाल घोषणा गर्नेबारे समेत छलफल भइरहेको एक मन्त्रीले बताए ।


ADVERTISEMENT

# # #