बैतडी– बैतडीको पुर्चौडी नगरपालिकाले रु ४५ करोड भन्दा बढीको बजेट सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


शुक्रबार नगरपालिकामा सम्पन्न नगर परिषद्मा रु ४५ करोड ४३ लाख सात हजार ५८६ को बजेट नगरप्रमुख रणबहादुर कुँवरले सार्वजनिक गर्नुभएको हो ।


ADVERTISEMENT

# # #


चालूतर्फ रु पाँच करोड छ लाख ३६ हजार ५०० र पूँजीगततर्फ रु २२ करोड ८९ लाख ९० हजार ७९६ र विषयगततर्फ रु २२ करोड ८९ लाख ९० हजार विनियोजन गरेको छ ।

यस्तै, नगरकार्यपालिकाबाट नगरसभामा पेश हुने नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । यस अनुसार नगरभित्रका सडक सञ्जाललाई प्राथमिकतामा राखिएको छ ।

नगरपालिकामा शिक्षा, स्वास्थ्य, सडकलगायतका विभिन्न विकास निर्माणका कार्यक्रम रहेका छन् । रासस