काठमाडौँ – न्यूजिल्याण्ड विरुद्ध बिहीबारदेखि सुरु भएको टेस्टमा अष्ट्रेलियाका स्टार ओपनिङ ब्याट्सम्यान स्टिभ स्मिथले करियरकै सुस्त सुरुवात गरेका छन् । अष्ट्रेलियाको सिड्नीमा जारी तेस्रो टेस्टको पहिलो पारीमा उनले ३८ बलखेल्दा एक रन पनि बनाउन सकेका थिएनन् । तर ३९ औँ बलमा उनले एक रन बनाए ।


ADVERTISEMENT


खाता खोल्नुभन्दा पहिले ४६ मिनेट ब्यटिङ गरेका थिए । स्मिथले ४० औँ ओभरमा नेल वांगरको दोस्रो बलमा एक रन लिएर खाता खोले ।


ADVERTISEMENT

# # #


योभन्दा पहिले स्मिथले २०१४ मा सबैभन्दा सुस्त सुरुवात गरेका थिए । भारतविरुद्ध उनले मेलबर्न टेस्टमा खाता खोल्न १८ बल लगाएका थिए । वांगरको १३५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको बललाई स्क्वायर लेगतर्फ प्रहार गरेर एक रन जोडे । एक रन लिएपछि उनीसंँग ब्याटिङ गरिरहेका मार्नस लाबुशाले स्मिथसँगहात मिलाएका थिए ।

यस्तै स्मिथले खाता खोलेपछि सिडनी क्रिकेट ग्राउण्डमा रहेका दर्शकले पनि उठेर ताली बजाए । यो देखेर स्मिथले हाँस्दै हात उठाएर दर्शकलाई धन्यवाद दिए ।

यद्दपी स्थित अर्धशतक प्रहार गरेर मात्रै बाहिरिए । उनले १४३ बलमा अर्धशतक पूरा गरे । करियरको २९ औँ टेस्ट अर्धशतक प्रहार गरेका उनले आउट हुनुअघि ४ चौकाको मदतमा ६३ रनको योगदान दिए । अष्ट्रेलियाले पहिलो पारीमा २८३ रन बनाएर खेलिरहेको छ ।