काठमाडौं – काठमाडौंंको सोह्रखुट्टेमा सडक दुर्घटना भएको छ । ठमेलबाट नयाँबजार तर्फ जाँदै गरेको पानी बोकेको ट्याङ्कर अनियन्त्रित ट्याङ्करले ठक्कर दिँदा चारवटा सवारीमा क्षती पुगेको छ ।


ADVERTISEMENT


मंगलबार बिहान करिब ९ बजेतिर सोह्रखुट्टेको ओरालोबाट नयाँ बजारतर्फ जाँदै गरेको बा ३ ख नम्बरको गाडी बाँयाबाट अगाडि जाँदै गर्दा अनियन्त्रित भई एउटा निजी कार, तीन चारवटा मोटर साइकललाई ठक्कर दिएको थियो । अनियन्त्रित ट्याङ्कर दायाँतर्फको घरको ढोकामा पनि ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।


ADVERTISEMENT

# # #


सोह्रखुट्टे प्रहरी प्रभागका प्रमुख डिएसपी सन्तोष सिंह राठौरले ठक्करबाट घरलाई सामान्य क्षति पुगेको, तीन चारवटा मोटर साइकलमा ठक्कर दिएको भए पनि अन्य मानवीय क्षति नभएको जानकारी दिए ।

कार्यालय समयको व्यस्त सडकमा आरोलातर्फ जाँदै गरेको ट्याङ्कर बाँयाँबाट दायाँतर्फको घरमा ठोक्किन पुग्दा ठूलो मानवीय क्षति हुनबाट जोगिएको स्थानीयले जनाए ।