कञ्चनपुर – आफ्नै ४ वर्षीया छोरी सुशिला चुनारालाई कुटपिट गरी हत्या गरेको अभियोगमा भिमदत्त नगरपालिका-१८ सुकुम्बासी टोल बस्ने ३० वर्षीय ईन्द्र बहादुर चुनारालाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


मादक पदार्थ सेवन गरी ईन्द्र बहादुरले आफ्नै छोरीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट सालघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर


ADVERTISEMENT

# # #


घाइते भएकी सुशिलाको अंचल अस्पताल महाकालीमा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।