हिन्दु ग्रन्थ गरुढ पुराणमा यस्ता कुरा बताइएका छन्, जसको पालना गर्दा व्यक्तिको मान–सम्मान, सुख र समृद्धिमा वृद्धि हुन्छ । गरुढ पुराणका अनुसार जो व्यक्ति निम्न पाँच काम गर्छ, उसको जीवनमा सुख प्राप्त हुन सक्दैन ।


ADVERTISEMENT


१. आय कम दान बढी गर्नू,
हुनत दान दिनु नराम्रो काम होइन । दानबाट पूण्य पनि कमाइन्छ । तर, आय अनुसार दान दिनुपर्छ । कोही व्यक्तिमा दान गर्ने ठूलो शौख हुन्छ । यस्ता मानिस आय कम भए पनि दान गर्छन् । यस्तो स्वभावका मानिस जहिल्यै दुःखी रहन्छन् । कुसैले पनि आफ्नो क्षमताभन्दा बढी दान दिनु हुँदैन ।


ADVERTISEMENT

# # #


२. पैसा हुँदाहुँदै पनि कन्जुस बन्नु,

कोही व्यक्ति यस्ता हुन्छन्, जोसँग पैसा धेरै हुन्छ । तर, उनीहरु जहिल्यै कन्जुस बन्छन् । यस्ता व्यत्ति,लाई कहिल्यै समानमा मान सम्मान मिल्दैन । शास्त्रमा भनिएको छ कि व्यक्तिले आफ्नो क्षमता अनुसार दान गरिरहनु पर्छ ।

३. खराब व्यक्तिको संगत,
जो व्यक्ति गलत मानिसको संगत गर्छ, उ कहिल्यै सफल हुन सक्दैन । यदि सफल हुनुछ भने गलत व्यक्तिसंगको संगत छाडिदिनुहोस् ।

४. अर्काको परम्परा र संस्कृतिको खिल्ली उडाउनु,

जुन व्यक्ति अरुको धर्म र संस्कृतिको सम्मान गर्न सक्दैन, उसले कहिल्यै अरुबाट सम्मान पाउन सक्दैन । त्यसकारण यदि सम्मान पाउनुछ भने अर्कोको रितिरिवाज, परम्परा र संस्कृतिलाई सम्मान गर्नुपर्छ ।

५. अर्कोको कुभलो चिताउनु

जुन व्यक्ति अर्काकोबारेमा गलत सोच्छ, यसलाई समाजमा कहिल्यै सम्मान मिल्न सक्दैन । गरुढ पूराणमा भनिएको छ कि आफ्नो फाइदाका लागि अर्को व्यक्तिलाई नोक्सान नगर्नुहोस् ।