काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओली महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालकोमनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका हुन्  ।


ADVERTISEMENT


नियमित स्वास्थ्य परीक्षणका लागि भन्दै ओलीलाई शुक्रबार दिउँसो सेन्टर पुर्‍याइएको हो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार केहीबेरमा ओलीको डायलाइसिस हुँदैछ । प्लाज्मा फेरेसिसले काम नगरेपछि उनले नियमित रूपमा मिर्गौलाको डायलाइसिस गरिरहेका छन् ।