काठमाडौं । बिहीबार बिहान सूर्यग्रहण लागेको छ । ।  नेपालबाट अवलोकन गर्दा सूर्यको केही भागमात्रै ढाकिएको हुनाले खण्डग्रास मात्र देखिनेछ ।


ADVERTISEMENT


नेपालमा बिहान ८.३० मिनेटमा सुरु हुने सूर्यग्रहण १०.१ मिनेटमा मध्य हुने र ११.३१ मिनेट जाँदा सकिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । ग्रहणको समयमा नेपालबाट करीब १०.०० बजे सूर्यको करीब ४० प्रतिशत भाग ढाकिएको देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।


ADVERTISEMENT

# # #


एष्ट्रोनोमिकल सोसाइटीले ग्रहणको समय तीन घण्टा ३० मिनेट रहेको जनाएको छ । तर ज्योतिष परिषद्ले भने दुई घण्टा ४९ मिनेट मात्रै हुने जनाएको छ । राति ९ बजेर ४२ मिनेटदेखि सुतक लाग्ने ज्योतिष परिषद्का केन्द्रीय सदस्य समेत रहेका ज्योतिष केशव गौतमले बताए ।

अंग्रेजी क्यालेण्डर बमोजिम बिहीबार लाग्ने ग्रहण यसवर्षको अन्तिम सूर्य ग्रहण हुनेछ ।