काठमाडौँ – नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि.को सेलपे सेवाले नेपालको शीर्ष ई–कमर्स प्लेटफार्म सस्तोडिलसँग सहकार्य गरेको छ ।


ADVERTISEMENT


कम्पनीले क्रिसमस र नया वर्षलाई लक्षित गर्दै ‘सेल–ए–ब्रेटिन अफर’ अफरको लागि सहकार्य गरेको हो। यो अफर २४ डिसेम्बर २०१९ देखी २ जनवरी २०२० सम्म लागु हुनेछ ।


ADVERTISEMENT

# # #


क्रिसमस र नयाँ वर्षमा खुशीयाली बाड्नको लागि सेलपले सस्तोडिलसँग सहकार्य गरी ल्याएको उक्त अफर अन्तर्गत ग्राहकहरुले सस्तोडिलमार्फत प्रथम पटक कुनै पनि सामान किन्दा प्रतिशत डिस्काउन्ट सेलपे एप्पमा लोयल्टी पोइन्टसको रुपमा पाउनेछन् ।

यस्तै थप १० प्रतिशत डिस्काउन्ट डीजेआई, डा. ब्रोन्स, क्रेन, हिमालय बेबी केयर, बब्ली, इनर्जायर एण्ड एक्स एजका सामान खरिदमा चेकआउट् गर्दा डिस्काउन्ट कुपन पाउनेछन् । सस्तोडिलमा सेलपे मार्फत भुक्तानी गरी डिस्काउन्ट पाउनको लागि सस्तोडिल मार्फत सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गर्नुपर्नेछ । जसका लागि ‘पे नाउ’ मा ट्याप गर्नुपर्नेछ ।