काठमाडौं । २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा तालिका सार्वजनिक गर्दै आगामी चैत ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएकाे छ ।
बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षामा यसअघि कम ग्रेड ल्याएकासमेत सहभागी हुनसक्ने बोर्डले जनाएको छ ।