काठमाडौं । दश दिन देखि चलिरहेको दक्षिण एसियाली खेलकुद ( साग ) को आज दशरथ रंगलाशाला समापन भईरहेको छ । नेपालले आयोजना गरेको यो खेलकुदको सफलता देशकै ऐतिहासिक सफलता हो । तर आफ्नो देशलाई समर्थन गर्न रंगशाला पुगेका नेपाली दर्शकहरुलाई लाठी नै बजाउनुपर्ने प्रहरीका लागि त्यस्तो के बाध्यता आईलाग्यो ? अझ खेलकुदलाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार गर्दै सफल बनाउन भूमिका खेल्ने पत्रकारलाई नै अस्पताल पुग्ने गरी घाईते बनाउने प्रहरीको विवेक र चेतनालाई लिएर यतिबेला चौतर्फी आलोचना भईरहेको छ ?


ADVERTISEMENT


शँका उब्जिएको छ, देश सफल बनिरहेको सागमा कतै प्रहरी नै बाधक त बन्ने होईन ? प्रहरीकै कारण शान्तिपूर्ण सम्पन्न भईरहेको अन्तिम दिनको माहोल भाँडिने त होईन ?


ADVERTISEMENT

# # #


खेलकुद सुरक्षाको नेतृत्व नेपाल प्रहरी प्रमुख आईजीपी सर्बेन्द्र खनालले गरिरहेका छन । देशको ईज्जत जोडिएको बिषयमा प्रहरी नेतृत्वले यस्लाई कसरी लिन्छ ? गृहमन्त्रालय कत्तिको गम्भिर बन्छ ? आम नेपाली तथा बुद्धिजिबीहरुले निगरानी गरिरहेका छन् ।

को हो नेपाली दर्शक र पत्रकार कुट्ने प्रहरी ?

काठमाडौँ – नेपाली दर्शक र पत्रकार माथि लाठी बर्साउने नेतृत्व गर्ने प्रहरी हुन् महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेका डीएसपी सन्तोष सिँह राठोर । उनी र अन्य प्रहरी अधिकारीहरुकै उपस्थितीमा सागको शान्तिपूर्ण समापनको अन्तिम दिनको माहोल भड्किएको हो ।

प्रहरीले १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)अन्तगर्त पुरुष फुटबलको फाइन्ल हेर्नका लागि दशरथ रंगशाला पुगेका टिकट नपाएपछि आक्रोशित दर्शकमाथि लाठी चार्ज गरेको छ ।

टिकटका लागि रङ्गशाला भित्र छिर्न खोज्दा प्रहरी र सर्वसाधारणबीच विवाद भएपछि प्रहरीले लाठी चार्ज गरेको हो ।

 

समाचार संकलनमा गएका पत्रकारमाथि पनि प्रहरीले हातपात गरेको छ । प्रहरीले फोटो खिचेको निहुँमा प्रहरीले दशरथ रंगशाला परिसरमा नागरिक दैनिकका पत्रकार सुमन चापागाईलाई कुटपिट गरेको हो।

उनको कानबाट रगत आएको छ। घाइते चापागाईको त्रिपुरेश्वर स्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका कारण सागको माहोल भड्किएको भन्दै चौतर्फी आलोचना भईरहेको छ ।