धरान उपमहानगरमा भत्कियो लाल किल्ला, कांग्रेसका तिलक राई निर्वाचित


ADVERTISEMENT


काठमाडौँ – धरान उपमहानगरपालिकाको नगर प्रमुख पदमा नेपाली कांग्रेसका तिलक राई विजयी भएका छन्। राईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रकाश राईलाई पराजित गर्दै मेयर बनेका हुन् ।


ADVERTISEMENT

# # #


उनले २६ हजार ७ सय ९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदबार प्रकाश राईले २३ हजार ९ सय १४ मत प्राप्त गरे ।

तिलकले नेकपाका प्रकाश राईभन्दा २ हजार ७ सय ९५ मत बढी ल्याए । नेपाली कांग्रेसले २८ बर्षपछि धरानमा जित हात पारेको हो ।

यसअघि धरानमा नेकपाका तारा सुब्बा मेयरमा विजयी भएका थिए । तिलकले सुब्बाविरुद्ध पनि च्ुनावी मैदानमा उत्रिएका तिलकले ४ हजार कम मत ल्याएर पराजय भोग्मु परेको थियो । सुब्बाको निधन भएपछि धरानमा उपनिर्वाचन भएको हो ।