काठमाडौँ – आगामी डिसेम्बर १ देखि काठमाडौँमा हुने दक्षिण एशियाली खेलकुद (साग)को उद्घाटनका बेला मार्चपासमा नेपालको झण्डा पारस खड्काले बोक्ने भएका छन् । केही समयअघि मात्रै नेपाली राष्ट्रिय टिमको कप्तानबाट राजीनामा दिएका पारसले सम्पूर्ण नेपाली खेलाडीको नेतृत्व गर्दै राष्ट्रिय झण्डा बोक्नेछन् ।


ADVERTISEMENT


नेपालको तर्फबाट डेपुटी सेफ द मिसन रहेका रिम रानाभाटले मार्चपासमा पारसले झण्डा बोक्ने सम्भावना भएको र यो प्रस्ताव राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवबाट अप्रुभ हुन बाँकी रहेको बताए ।


ADVERTISEMENT

# # #


यसपटकको सागमा क्रिकेट पनि समावेश गरिएको छ । पारस पनि नेपाली राष्ट्रिय टिमबाट सागमा प्रतियोगिता खेल्दैछन् ।  सन् २००४ मा नेपाली राष्ट्रिय क्रिकेट टिममा डेब्यु गरेका पारसले एक दशक टिमको कप्तानको भूमिका निर्वाह गरेका थिए । त्यसक्रममा डिभिजन पाँच रहेको नेपाली क्रिटेटलाई टी २० विश्वकप खेलाउँदै एकदिवसीय मान्यता दिलाउँदासम्म अग्रणी भूमिका खेलेका छन् ।

उनले नेपालबाट ४० वटा ‘लिस्ट ए’ खेल, ६ वटा एकदिवसीय र २७ वटा टी २० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । तीनै फर्म्याटमा शतक हानेका पारसको नाममा टी २० अन्तराष्ट्रियमा लक्ष्य पच्छ्याउँदै गर्दा शतक हान्ने पहिलो ब्याट्सम्यानको विश्वकीर्तिमान समेत रहेको छ ।