काठमाडौं – आगामी डिसेम्बर १ देखि काठमाडौँमा हुने १३ औँ दक्षिण एसियाली खेलकुद(साग)मा अन्तर्गत पुरुष फुटबलमाको खेल तालिका सार्वजनिक भएको छ । अब प्रतियोगिता राउन्ड रोबिनमा हुने भएको छ ।


ADVERTISEMENT


पुरुष फुटबलतर्फ भारत सहभागी नहुने भएको छ । यसअघि भारतलाई समेत समावेश गरी समूह चरणमा अनुसारको खेल तालिका सार्वजनिक भइसकेपनि भारतको सहभागिता अन्योलमा रहेको थियो । तर, अन्तिम समयसम्म पनि खेलाडी दर्ता नगराएपछि अब भारतको सहभागिता नहुने पक्का भएको हो ।


ADVERTISEMENT

# # #


एन्फाद्वारा जारी खेल तालिका अनुसार पहिलो खेल बंगलादेश र भुटानबीच हुनेछ । भने राउन्ड रोबिनको अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध खेल्नेछ । प्रतियोगितामा नेपाल, बङ्गलादेश, भुटान, माल्दिभ्स र श्रीलङ्काले प्रतिस्पर्धा गर्नेछन् । जसमा एक टिमले बाँकी सबै टिमसंग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

पाँच टोलीमध्ये उत्कृष्ट हुने दुई टोलीबीच स्वर्ण पदकका लागि स्पर्धा हुनेछ । सबै खेल दशरथ रंगशालामा हुनेछन् ।

यस्तो छ नेपालको खेल तालिका:

३ डिसेम्बर २०१९ नेपालविरुद्ध भुटान दिउँसो १ बजे
४ डिसेम्बर २०१९ नेपालविरुद्ध श्रीलंका बेलुका ५ बजे
६ डिसेम्बर २०१९ नेपालविरुद्ध माल्दिभ्स बेलुका ५ बजे
८ डिसेम्बर २०१९ नेपालविरुद्ध बंगलादेश बेलुका ५ बजे
फाइनल १० डिसेम्बर बेलुका ५ बजे