काठमाडौँ – प्रदेश नं ३ प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीमा प्रहरी हवल्दार तथा जवानहरुको लागि सन्चालित अपराध अनुसन्धान तथा नियन्त्रण तालिम ५८ औं समुहको तालिम सम्पन्न भएको छ ।


ADVERTISEMENT


प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्दिप भण्डारीबाट समापन भएको उक्त तालिममा ३ नं प्रदेश अन्तर्गत रहेका विभिन्न प्रहरी कार्यालयबाट १ जना हवल्दार २९ जना जवानहरु गरी ३० जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए । गत असोज २८ गतेबाट मंसिर २ (आज)सम्म सन्चालन भएको उक्त तालिममा सहभागी भएका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।


ADVERTISEMENT

# # #


उक्त अवसरमा एसएसपी भण्डारीले प्रशिक्षार्थीले नेपाल प्रहरी संगठनको नीति अनुसार समाजमा अपराध नियन्त्रण तथा अनुसन्धान र शान्ति सुव्यवस्था कायम राख्दै जन अपेक्षा अनुसारको प्रहरी सेवा प्रदान गर्नका लागि महत्वपूर्ण भूमिका बहन गर्ने विश्वास व्यक्त गरे । उनले नागरिकहरुको सुरक्षा तथा समाजमा हुने विभिन्न अपराध अनुसन्धान सहयोगीको मुख्य भुमिका निर्वाह गर्नुपर्ने प्रहरी हवल्दार तथा जवानहरुलाई संगठनले अपेक्षा गरे अनुसारको ज्ञान, सिप तथा कौशल प्रदान गर्न तालिम केन्द्र प्रतिवद्ध रहेको कुरा उल्लेख गरे ।

एसएसपी भण्डारीले प्रशिक्षार्थीहरुसँग अन्तरक्रियाको क्रममा ३ नं. प्रदेश प्रहरी तालिम केन्द्रले समाजले चाहे अनुसारको आधुनिक र आवश्यक दक्ष जनशक्ती उत्पादन गरिने विश्वास दिलाए ।

अन्तरक्रियाको क्रममा प्रशिक्षार्थीहरुले तालिम केन्द्रबाट प्रदान गरिएका ज्ञान सीप कौशलको बारेमा खुलेरै प्रशंसा गरेका थिए । उक्त कार्यक्रममा प्रशिक्षार्थीरुले उक्त तालिम केन्द्र बाट प्राप्त ज्ञान, सीप र कौशललाई कार्य क्षेत्रमा प्रभावकारी रुपमा प्रयोग गर्दै संगठनको नीति अनुरुप नागरीकहरुलाई लाभान्वित गराई संगठनको छवि उच्च बनाउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा तालिमका संयोजक प्रहरी निरीक्षक चिरञ्जीवी दाहालले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।