काठमाडौं – मिडिया कर्मचारी युनियन (यूएनआईमी) को अध्यक्षमा गोविन्द धिताल निर्वाचित भएका छन् । बुधबार काठमाडौंमा सम्पन्न युनिएनको केन्द्रीय महाधिवेशनले धितालको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको हो ।


ADVERTISEMENT


नवनिर्वाचित अध्यक्ष धिताल नेपाल टेलिभिजन कर्मचारी संघको निवर्तमान अध्यक्ष तथा मिडिया कर्मचारी युनियनको महासचिव थिए । उनी यूएनआई एप्रो मी एक्जुकेटिभ कमिटीको सदस्य पनि हुन् ।


ADVERTISEMENT

# # #


निर्वाचित भएपछि धितालले विभिन्न सञ्चारमाध्यम र सञ्चारगृहमा काम गर्ने पत्रकार र श्रमिकहरुको समस्यालाई पहिचान गर्दै देशव्यापी रुपमा संगठनलाई विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल टेलिभिजन, रेडियो नेपाललगायतका सञ्चारगृहका विनियमावली श्रमिकको हितविपरीत आएको भन्दै त्यहाँका कर्मचारी संघ संगठनसँग मिलेर यसलाई परिवर्तन गर्न दबाब दिने र सार्वजनिक सेवा प्रसारकसम्बन्धी व्यवस्थामा श्रमिकको भूमिका अनिवार्य रुपमा राख्न दवाव दिने उनले प्रतिबद्धता व्यक्त गरे।

नयाँ निर्वाचित कार्यसमितिमा रेडियो नेपाल कर्मचारी संघबाट वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षमा कान्तिपुर टेलिभिजन कर्मचारी संघकी अध्यक्ष निर्मला बस्नेत रहेका छन्।

यसै गरी राससका जीवन भण्डारी महासचिवमा निर्वाचित भएका छन। एघार सदस्यीय कार्यसमितिमा फरकफरक मिडिया हाउसबाट प्रतिनिधित्व गर्ने गरी पदाधिकारी र सदस्यहरु निर्वाचित भएका छन्।