काठमाडौँ – भारतीय क्रिकेट कन्ट्रोल बोर्डको आयोजनामा भइरहेको यु–१९ एकदिवसीय च्यालेञ्ज ट्रफीमा नेपाली यु–१९ टिमले लगातार दोस्रो हार ब्यहोरेको छ । बुधबार नेपाल भारत यू–१९ ‘ए’संग १०७ रनले पराजित भएको हो ।


ADVERTISEMENT


भारतको हैदरावादस्थित राजीव गान्धी अन्तर्राष्ट्रि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको भारत यू–१९ ‘ए’ले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २४७ रन बनायो । २४८ रनको चुनौति पच्छ्याउँदै मैदान प्रवेश गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्रै जाड्न सक्यो ।


ADVERTISEMENT

# # #


नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान विशालविक्रम केसीले अर्धशतक प्रहार गरे । उनले १२६ बल खेलेर ७१ रन प्रहार गरे। नेपालका लागि महत्वपूर्ण योगदान दिएका विशालले ११ चौका प्रहार गरे। यस्तै शेर मल्लले २१ रन र आकास चन्दले नटआउट १९ रन जोड्दा अन्यले दोहोरो अंक छुन सकेनन् । विशाललाई अन्य ब्याट्सम्यानले साथ दिन नसक्दा नेपालले फराकिलो हार ब्यहोर्नुपरेको हो ।

ओपनर तथा कप्तान रित गौतम ५, खडक बोहरा ३, अरुण ऐरी ७ रनमा आउट हुँदा कुशल मल्ल, हरि चौहान र लोकेश कम शून्य रनमा पेवेलियन फर्किए । प्रतिश जिसी ६ रनमा आउट भए । भारतका लागि समिर रिज्भी र समिर कुमारले २–२ विकेट लिए।

यसअघि भारतका लागि कप्तान ध्रुब चन्द जुरेलले ७४ रनको योगदान दिए। उनले ६५ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।

बलिङमा नेपालका शेर मल्लले ३ विकेट लिए भने आकास चन्दले २ विकेट हात पारे। प्रतिश जिसी र हरि चौहानले १–१ विकेट लिए। अब नेपालले आफ्नो तेस्रो खेलमा शुक्रबार भारतको ुबीु टिमसँग खेल्नेछ। यसअघि ‘सी’ टिमविरुद्धको खेलमा नेपाल पराजित भएको थियो।