काठमाडौं – विश्वकै पूराना मानिने मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाललाई जितको लागि २०२ रनको लक्ष्य पेश गरेको छ ।


ADVERTISEMENT


त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९.२ ओभरमा सबै विकेट गुमाएर २०१ रन मात्रै बनाउन सक्यो । एमसीसीका लागि विल रोडसले ५४ रन बनाए । त्यस्तै, ओपनर विल्ली गोड्लेम्यानले ५२ रन बनाउँदै अर्धशतक पूरा गरेका थिए ।


ADVERTISEMENT

# # #


यस्तै विल भान्डेस्पर ३६, कोलुम ज्याक्सन र अलेक्स थम्सनले समान ११ रन बनाउँदा टोम विस्ट्ले र कप्तान जिम्मी अदामले समान १० रन बनाएर आउट भए । अन्यले दोहोरो अंक छ्न सकेनन् ।

नेपालका लागि बलिङतर्फ ललितनारायण राजवंशी र पवन सर्राफले समान ४–४ विकेट लिए । १० ओभर बलिङ गरेका ललितले एक मेडेन राख्दै ४० रन खर्चिए भने ८ ओभरमा पवनले एक मेडेनसहित ३१ रन दिए ।

त्यस्तै, अविनाश बोहरा र करण केसीले समान १–१ विकेट लिए । नेपालले जवाफी ब्याटिङ गर्दैछ ।