सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुकुटेमा बस पल्टिँदा मृत्यु हुने १७ जनाकै परिचय खुलेको छ ।
ज्यान गुमाउनेमा दोलखा शैलुुङ ५ का चेतबहादुर बस्नत, शैलुङ ४ की सलिना तामाङ, दोलखा शैलुङगेश्वरी ३ का शिशन तामाङ र चमेली श्रेष्ठ, शैलुङगेश्वरी ५ का किरण राउत, रत्नकुमारी राउत र रिकेश खड्का, कविता राउत, दोलखा भिमदत्त नगरपालिका ९ की रन्जिता केसी बस्नेत, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी ४ की सायरानी श्रेष्ठ, शैलुङगेश्री ४ का दियुन लामा, शैलुङगेश्वरी ३ का निर्मला खड्का र निकेश खड्का, काभ्रको रोशि गाउँपालिकाकी सजिना, शैलुङगेश्वरी २ की उरमाया मोक्तान, सानु राउत आले, र चितवन पटीहानीकी पूजा बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


घाइतेहरुमध्ये २१ जनाको धुलिखेल, बनेपा र काठमाण्डौमा उपचार भइरहेको छ भने २९ जना उपचारपछि घर फर्किएका छन् । दोलखाबाट काठमाण्डौका लागि छुटेको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्ग अन्तरगत सुकुटेबाट सुनकोशी नदीमा खसेको हो ।


ADVERTISEMENT

# # #