काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय रहँदै आएको टीभीएस टू ह्वीलरको नेपालस्थित एक आधिकरिक वितरक जगदम्बा मोटर्सले सातै प्रदेशमा टीभीएस अपाचे सप्तरङ्ग सिरिज २ गर्ने भएको छ । यस मनोरन्जनात्मक कार्यक्रमको उद्घाटन सातै प्रदेशका मुख्यमन्त्रीहरुले गर्ने जगदम्बा मोटर्सले जनाएको छ ।


ADVERTISEMENT


सप्तरङ्गको पहिलो श्रृंखलाकोको लोकप्रियताबाट हौसिएको आयोजक संस्था ग्रीष्मा ब्रोडकाष्टिङको आयोजना रहेको यो संगीतमय मनोरन्जनात्मक कार्यक्रम देशको सातवटै प्रदेशमा क्रमशः यही कार्तिक २१ गतेदेखि मंसिर ४ गतेसम्म चल्ने छ ।


ADVERTISEMENT

# # #


कार्यक्रममा विभिन्न गीतसंगीतका साथसाथै नृत्य, प्रहसन आदि पनि समावेश गरिएका छन् । यस साँगीतिक कार्यक्रमको प्रमुख आकर्षण महानायक राजेश हमाल रहनेछन् भनें साथमा जितु नेपाल, गायक सुगम पोखरेललगायतका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुति दिनेछन् ।

नेपाललाई सन् २०२० मा भ्रमण वर्षको रुपमा मनाउन लागेको सन्दर्भमा पर्यटन प्रवर्धन र समुन्नतिका लागि भन्ने नाराका साथ आयोजना गरिएको यस कार्यक्रमले भ्रमण वर्षको लक्ष्य प्राप्तीमा सहयोग पुर्याउने अपेक्षा पनि गरिएको छ ।

सप्तरङ्ग सिरिज २ सँग जोडिन पाएको जगदम्बा मोटर्सले खुशी व्यक्त गरेको छ । सदैव उपभोक्ताहरुमाझ रहीरहने उपायको खोजी गर्दा भ्रमण वर्षको पूर्व सन्ध्यामा आयोजना गरिन लागेको मनोरन्जनात्मक कार्यक्रम सप्तरङ्गको एक हिस्सा बन्न पाएकोमा खुसी लागेको जगदम्बाले जनाएको छ ।

यसैगरी, टिभिएस अपाचे जस्तो अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ब्राण्डले मुख्य प्रायोजकको भूमिका बहन गरिदिएकोमा आभार व्यक्त गर्दै आयोजक संस्था ग्रीष्मा ब्रोडकाष्टिङले पनि खुसी प्रकट गरेको छ ।

सातरङ्गको प्रतिक स्वरुपमा सात प्रदेशले सिंगारिएको र त्यसैको बिम्ब बनेर सातवटै प्रदेशमा यो सप्तरङ्ग सिरिज २ मनोरन्जनात्मक कार्यक्रम आयोजना गर्न पाएकोमा आयोजक ग्रीष्मा ब्रोडकाष्टिङले आभार प्रकट गरेको छ । भ्रमण वर्षलाई सहयोग पुर्याउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरेको र सहभागी कलाकारहरुको साथले कार्यक्रम सफल हुने विश्वास आयोजकको छ ।

सप्तरङ्ग सिरिज २ एक विशुद्ध सांगीतिक मनोरन्जनात्मक कार्यक्रम हो र यो कार्यक्रम विभिन्न फरक फरक दिनमा सातवटै प्रदेशमा दिउँसो ३ बजेपछि प्रदर्शन हुनेछ । आफ्नो प्रिय कलाकारहरुलाई आफ्नै समीपमा प्रत्यक्ष देख्न र सुन्न तयार रहनु जगदम्बाले आग्रह समेत गरेको छ ।