काठमाडौँ– कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फुटेको छ । पशुपतिशम्शेर राणा सहितका नेताहरुले आइतबार नयाँ पार्टी गठन गरेका हुन् ।


ADVERTISEMENT


राणाको नेतृत्वमा नयाँ दल ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ दर्ताका लागि निर्वाचन आयोगमा आवेदन समेत दिइएको छ ।


ADVERTISEMENT

# # #


नयाँ दलमा तीन निर्वाचित सांसद सुनिल थापा, दिपक बोहोरा र विक्रम पाण्डे पनि छन् । उनीहरुसहित २२ सांसद तथा ७२ केन्द्रीय सदस्य नयाँ पार्टीमा रहेको एक नेताले जानकारी दिए ।

यसो भएमा कमल थापा नेतृत्वको राप्रपासँग १५ संसद मात्र हुनेछन् । २४ सांसद रहेको राप्रपा नेपाल र १३ सांसद रहेको राप्रपाबीच गत मंसिर ६ गते पार्टी एकता घोषणा भएको थियो ।

तर, देउवा सरकारमा जाने कि नजाने भन्ने विवाद पछिल्लो समय सुरु भएको थियो । सरकारमा नजाने निर्णय भएसँगै राणा समूहले नयाँ दल गठन गरेको हो ।