काठमाडौँ – राजपुर बम काण्डका आरोपी पूर्व मन्त्री एवं नेपाली काँग्रेस रौतहटका निलम्वित सांसद् मोहम्मद अफताब आलमले आफू माथि लागेको आरोप राजनीतिक प्रतिशोध बाहेक केही नभएको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार ८ दिनको म्यादथपपछि अदालतबाट बाहिरिने क्रममा पत्रकारसंग बोल्दै आलमले आफ्नो गिरफ्तारी असान्दर्भिक रहेको बताए । ‘मेरो गिरफ्तारी असान्दर्भिक छ । यो संविधान र कानुनले गरेको न्यायिक राज्यको अवधारणाको उलंघन हो ।’ उनले भने, ‘यो राजनीतिक प्रतिशोध बाहेक केही पनि होइन ।’


ADVERTISEMENT

# # #


उनलाई आज जिल्ला अदालत रौतहटका न्यायधिश केशवराज पाण्डेको इजलासले आज ८ दिनको म्याद थप गरेको छ । पहिलो संविधान सभा निर्वाचनको क्रममा २०६४ साल चैत २७ गते राती नेता आलमका काका शेख इद्रिसको घरमा बम बनाउने क्रममा विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा ज्युँदै जलाएको आरोप लागेको छ ।

उनलाई प्रहरीले असोज २६ गते चन्द्रनिगाहपुर–गौर सडक खण्डमा पर्ने इद्रिश गेट नजिकबाट प्रहरीले पक्राउ गरेको थियो ।