काठमाडौँ –  साताको चौथो दिन बुधवार सुनको मुल्यमा वृद्धि भएको छ । मंगलबार सुनको मुल्य प्रतितोला ७० हजार दुई सय रुपैयामा कारोबार भएकोमा बुधवार ७० हजार चार सयमा कारोबार भएको हो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार र सोमबार ७० हजार चार सय रुपियाँमा कारोबार भएको सुनको मुल्य मंगलबार ७० हजार दुई सयमा कारोवार भएको थियो भने बुधवार पुनः ७० हजार चार सयमै कारोबार भएको हो ।


ADVERTISEMENT

# # #


त्यसैगरी, तेजाबी सुनको मूल्यमा समेत बृद्धि भएको छ । मंगलवार प्रतितोला ६९ हजार नौ सय रुपियाँमा कारोबार भएको तेजावी सुनको मूल्य बुधबार ७० हजार एक सयमा कारेबार भैरहेको छ । सुनको मुल्य बढेपनि चाँदीको मुल्य भने स्थिर दखिएको छ । आईतबारवाटै प्रतितोला ८ सय ५० मा कारोबार भएको चाँदीको मुल्य,सोमवार मंगलवार र बुधवार समेत प्रतितोला ८५० रुपियाँमा नै कारोबार भैरहेको छ ।