काठमाडौं– पशुपति आर्यघाटमा अनिश्चितकालका लागि रोकिएको शव दाहसंस्कारको काम पुनः सुचारु भएको छ । आर्यघाटमा काम गर्ने कामदारहरुको पारिश्रमिक बढाइएपछि आन्दोलन फिर्ता भएको हो ।


ADVERTISEMENT


बुधबार बिहान कामदारहरुको आन्दोलनका कारण घाटमा दाहसंस्कारको काम नै रोकिएको थियो । माग पूरा नभएको भन्दै कामदारहरुले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालका लागि शव दाह गर्ने, दाउरा बोक्ने, खाडल खन्ने काम बन्द गरेका थिए ।


ADVERTISEMENT

# # #


आन्दोलन भएपछि पशुपति क्षेत्र विकास कोषले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएर माग सम्बोधन गरेको हो । माग सम्बोधन भएसंगै काम पुनः सुरु भएको हो ।