काठमाडौं – नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले पोर्टफोलियो म्यानेजमेन्ट एण्ड लिडरशिप तालिम कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको केन्द्रीय कार्यालय निलकण्ठ न.पा.३ धादिङबेसी स्थित धादिङ क्रिक रिसोर्ट धादिङबेसीमा यहि कार्तिक २ देखी ४ गतेसम्म सञ्चालन भएको थियो ।


ADVERTISEMENT


तालिम कार्यक्रमको उदघाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले गरे । तालिम कार्यक्रममा संस्थाको ३३ वटा शाखा कार्यालयको व।सहायक तथा सहायक कर्मचारीहरुको सहभागीता रहेको थियो ।


ADVERTISEMENT

# # #


तालिम कार्यक्रममा प्रशिक्षणको रुपमा डा. केदार रायमाझी, प्रमुख अधिकृत राम बहादुर यादव, विभागीय प्रमुखहरु बिजय घिमिरे, सिताराम पण्डित र रामचन्द्र रुपाखेतीले सहभागीहरुलाई कर्जा व्यवस्थापन, नेतृत्वशिप विकास, हाल लघुवितहरुमा देखिएको चुनौतिहरुलाई न्युनिकरण गर्ने उपायहरु, धितो कर्जा विकास, लेखा सम्बन्धी साथै सकारात्मक धारणा, स्वयं उत्प्रेरणा शिर्षकहरु बारेमा प्रशिक्षण गराइएको थियो ।

तालिम समापन प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवको सभापतित्वमा समापन भएको थियो । अधिकृत यादवले सबै सहभागीहरुलाई तालिमको प्रमाण पत्र प्रदान गर्दै तालिमबाट सिकेका बिषयबस्तुहरुलाई व्यवहारमा लागु गरि कार्यसम्पादनमा सुधार गर्न सुझावको दिएका थिए ।