काठमाडौं – गायक दुर्गेश थापा पक्राउ परेका छन् । अपराध महाशाखाको टोलीले मंगलबार थापालाई पक्राउ गरेको पुष्टि गरेको छ ।


ADVERTISEMENT


महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख सहकुल थापाले गायक थापालाई नियन्त्रणमा लिइएको बताए । गायक थापाले रिलिज गरेको पछिल्लो ‘ह्यापी तिहार’ नामक गीतले सामाजिक सहिष्णुता बिगारेको आरोप लागिपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।


ADVERTISEMENT

# # #


उक्त गीतमा, धुमपान, मादक पदार्थ, लागूऔषध खानुपर्छ भन्ने शब्द प्रयोग गरिएको छ । यस्ता शब्दले समाजमा गलत सन्देश दिनुका साथै प्रचलित कानून विपरीत भएको भन्दै गायक थापाको आलोचनासमेत भइरहेको छ ।

प्रहरीले थापालाई पक्राउ गरेलगत्तै उक्त गीत युट्युबबाट हटाइएको छ । उक्त गीत दुर्गेश थापाको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो ।