काठमाडौँ – सेप्टेम्बर पहिलो सातादेखि श्रीलंकामा हुने एशियन क्रिकेट काउन्सिल (एसीसी) यू-१९ एशिया कप खेल्ने नेपाली टिम घोषणा भएको छ ।


ADVERTISEMENT


रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो । टिममा तीनजना खेलाडीले पुनरागमन गरेका छन् भने दुई जना बाहिरिएका छन् ।


ADVERTISEMENT

# # #


पुनरागमन गर्नेमा आशिफ शेख, सन्दिप जोरा र सुर्य तामाङ रहेका छन् । उनीहरु यसअघि जुलाईमा भएको एशिया कपको पूर्वी क्षेत्र छनोटमा टिममा अटाउन सकेका थिएनन् ।

यस्तै पूर्वी क्षेत्रमा पहिलो पटक नेपालको प्रतिनिधित्व गरेका अल राउण्डर विशाल विक्रम केसी र लेग स्पिनर तिलक राज भण्डारी बाहिरिएका छन् ।

प्रतियोगितामा नेपाल समूह बी मा परेको छ । जहाँ आयोजक श्रीलंकासंगै बङ्गलादेश र युएई रहेका छन् । नेपालले आफ्नो पहिलो खेल साउन २० गते आयोजक श्रीलंकासँग खेल्नेछ । यस्तै दोस्रो खेल बङ्गलादेशसँग साउन २२ गते र अन्तिम खेल युएइसँग साउन २४ गते खेल्नेछ ।

अघिल्लो संस्करणमा समूह चरणमा सीमित भएको नेपालले यसपटक भने टेष्ट राष्ट्रलाई हराउंदै अघिल्लो चरणको यात्रा कायम गर्ने लक्ष्य राखेको छ ।
नेपाल भदौ पहिलो साता नै श्रीलंकामा जानेछ । प्रतियोगिता सुरु हुनुअघि त्यहाँ पाकिस्तान र अफगानिस्तानको टिम सँग अभ्यास खेल खेल्ने सम्भावना रहेको छ

यस्तो छ नेपाली टिम

रोहित कुमार पौडेल (कप्तान)
पवन सर्राफ
सन्दिप जोरा
भीम सार्की
आशिफ शेख
कमलसिंह ऐरी
राशिद खान
रित गौतम
हरिबहादुर चौहान
खडक बोहरा
कुशल मल्ल
सागर ढकाल
प्रतिश जिसी
लोकेश बम