काठमाडौँ– दाङमा विद्यार्थी बोकेको बस दुर्घटनाप्रति नेविसंघले दुःख व्यक्त गरेको छ । नेविसंघ अध्यक्ष नैनसिंह महरले दाङ घोराहीस्थित कृष्ण सेन इच्छुक वहु प्राविधिक शिक्षालयका विद्यार्थी बोकेको बस दुर्घटनाले नेपाल विद्यार्थी संघ स्तब्ध र दु:खी भएको बताएका हुन् ।


ADVERTISEMENT


अध्यक्ष महरले घाइतेको उपचार गर्नुका साथै मृतकका परिवारका एक एक जना सदस्यलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)ले रोजगार दिनुपर्ने माग गरे । उनले भने, ‘दुर्घटनामा घाईतेहरुको आवश्यक उपचारको प्रवन्ध मिलाउन र मृतकका परिवारलाई उचित क्षतिपूर्तिका साथै पीडित परिवारका एक-एक जना सदस्यलाई सीटीइभीटी रोजगारको प्रवन्ध मिलाउन समेत सरकारसंग जोडदार माग गर्दछौं ।’


ADVERTISEMENT

# # #


सल्यानको कपुरकोट गाउँपालिका मुलपानीस्थित वनस्पति उद्यानको अवलोकन गरी तुलसीपुरतिर फर्कदै गर्दा ना ४ ख ९७६६ नम्बरको बस कपुरकोट र राम्री नजिक दुर्घटना हुदा शिक्षक विद्यार्थी लगायत २३ जनाको निधन भएको थियो ।