रुकुम– विद्यालय परिसरमै कुटिएका रुकुम पूर्वका एक शिक्षक १९ दिनदेखि बेपत्ता भएका छन् ।
३१ साउनमा विद्यालयमै कुटिएका पुथाउत्तरगंगा गाँउपालिका–२ स्थित आधारभूत विद्यालय पेल्मा मैकोेटका शिक्षक मखन केसी १२ भदौदेखि सम्पर्कविहीन भएका हुन् ।
उनलाई कसले र किन कुटपिट गर्यो अझै खुल्न सकेको छैन । बेपत्ता केसीका दाइ मोहनबहादुरले भाइलाई कुटपिट गरी बेपत्ता पारिएको बताए । – आजको नयाँ पत्रिका दैनिकबाट