काठमाडौँ– नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले कम्युनिष्टहरुमा पलाएको दुई तिहाईको दम्भले लोकतन्त्र गुम्ने खतरा रहेको बताएका छन् । कोईरालाले कम्युनिष्टहरु संघियता विरोधी हुने भन्दै सरकार नै संघियता कार्यान्वयन गर्न नदिने अभियानमा लागेको बताएका हुन् ।


ADVERTISEMENT


उनले भने ‘अहिले सरकारमा बसेकाहरु राज्य मै हो, म नै कानुन हो । मैले जे भन्यो त्यही हुनुपर्छ भनेर हिँडिरहेका छन्। यसले मुलुकलाई कहाँ पुर्याउँछ ।’ बिपी जयन्तीको अवसरमा नेपाली काँग्रेस क्षेत्रिय समिती–१ झापाले धुलाबारीमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै कोईरालाले गाउँमा बस्ने कार्यकर्तालाई जती पार्टीको माया केन्द्रका नेताहरुलाई नभएको बताए ।


ADVERTISEMENT

# # #


उनले दुरदराज र गाउँका निष्ठावान कार्यकर्ताले संगठन बचाएको पनी बताए । पार्टीको क्रियाशील सदस्यता वितरण मुल्यांकन र न्यायोचित ढंगले हुन नसकेकै कारण पार्टी धरासायी बनेको कोईरालाको ठम्याई थियो।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भाषण गरेर मात्रै पार्टी रुपान्तरण नहुने बताउँदै आफु कुनै पनी गुटमा नरहेको पनी बताए। कार्यक्रममा पुर्व सांसदहरु डा शोभाकर पराजुली र उषा गुरुङ, प्रदेशसभा सदस्य केदार कार्की लगायतले मन्तव्य राखेका थिए।