काठमाडौं–भारतबाट ग्यास बोकेर काठमाडौंतर्फ आउँदै गरेको ग्यास बुलेट त्रिशूली नदीमा खसेको छ ।


ADVERTISEMENT


गजुरी गाउँपालिका–२ फुर्केखोला र मलेखुको बीचमा बीआर५५क्यूएच८६३० नम्बरको ग्यास बुलेट शुक्रबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा १ जनाको ज्यान गएको छ ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार, बुलेटका चालक भारत जब्बु रजौरीका ३६ वर्षीय सुरेन्द्र सिंहको घटनास्थलमै मृत्यु भएको हो ।

बिहान ७ बजे अनियन्त्रित भएर दुर्घटना भएको बुलेट सडकबाट १५ मिटर तल त्रिशूली नदीमा खसेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।