काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता अग्नी सापकोटाले एमालेसँग पार्टी एकता समानताका आधारमा हुनुपर्ने अडान दोहोर्याएका छन् । नेता सापकोटाले दुई पार्टीबीचको एकता सम्मानजनक हुनुपर्ने पक्षमा आफूहरु रहेको पनि स्पष्ट पारे । बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले आम नेतादेखि कार्यकर्तासम्म तथा समर्थकदेखि शुभेच्छुकसम्मलाई गौरवबोध हुनेगरी पार्टी एकता हुनुपर्ने तर्क पनि गरे ।


ADVERTISEMENT


नेता सापकोटाले बैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर पार्टी एकता गर्ने सम्भावना भने नरहेको पनि स्मरण गराए । उनले पार्टी एकता हुनेमा शंका नगर्न पनि सबैमा आग्रह गरे । केही विषय छलफलमा रहेकाले पार्टी एकतामा केही ढिलाई हुने देखिएको पनि उनले बताए ।


ADVERTISEMENT

# # #


नेता सापकोटाले जनयुद्ध र पार्टी एकताको मोडालिटी लगायतका विषयलाई टुंगो लगाउन २ पार्टीका नेतृत्वबीच छलफल भइरहेको पनि जानकारी दिए ।